arrow

काठमाडौँका सडक गिज्याउँदै मनसुन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
road-kathmandu-82-4-29.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बुधबार विकासको फेहरिस्त प्रस्तुत गर्दै गर्दा संघीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक भने महिनौँदेखि हिलाम्मे छ ।

वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

३१ नं वडाका वडाध्यक्ष सरोज ढकालका अनुसार स्थानीय मागअनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए ।

सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालिले एक करोड ७ लाख १९ हजार ३२३.६८ रुपैयाँ (भ्याट र पीएस बाहेक) निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडि बढ्न सकेको छैन ।

स्थानीय व्यापारी सरोज तिमल्सिनाले वडा र ठेकेदारले राम्रो काम नगरे बताउँदै, ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको बताए । 

बैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

shankhamul-road-82-4-29a (1).jpg
shankhamul-road-82-4-29a (2).jpg
shankhamul-road-82-4-29a (3).jpg
shankhamul-road-82-4-29a (4).jpg
shankhamul-road-82-4-29a (5).jpg
shankhamul-road-82-4-29a (6).jpg
shankhamul-road-82-4-29a (7).jpg
shankhamul-road-82-4-29a (8).jpg
shankhamul-road-82-4-29a (9).jpg
shankhamul-road-82-4-29a (10).jpg
shankhamul-road-82-4-29a (11).jpg
shankhamul-road-82-4-29a (12).jpg
shankhamul-road-82-4-29a (13).jpg
shankhamul-road-82-4-29a (14).jpg
shankhamul-road-82-4-29a (15).jpg
shankhamul-road-82-4-29a (16).jpg
shankhamul-road-82-4-29a (17).jpg
shankhamul-road-82-4-29a (18).jpg
shankhamul-road-82-4-29a (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ