arrow

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन जरुरी : मन्त्री दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
devendra-dahal-11-12.jpg
फाइल तस्बिर

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने क्षति कम गर्न पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

नेपाल इञ्जिनीयरिङ काउन्सिलले काठमाडौँमा आयोजना गरेको ‘इञ्जिनीयरिङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन/अनुसन्धान जरुरी रहेको बताए । उनले पूर्वाधार निर्माण पूर्व विस्तृत रूपमा योजनाबद्ध अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालको भूधरातलिय विशिष्टता सुहाउँदो विकास ढाँचा आवश्यक रहेको बताउँदै मन्त्री दाहालले नेपालको भौगोलिक चुनौती खेप्नसक्ने प्रविधिबारे अध्ययन गर्न सरोकार भएका सबैलाई आग्रह गरे ।

“आवश्यक नीति र कानून निर्माण र संशोधनका लागि सरकार तयार छ, ठूला राजमार्गको विकास र विस्तार, आधुनिक सुरुङमार्गको निर्माण, नेपालको विशिष्ट भूबनोट सुहाउँदा सुरक्षित सडकलगायत संरचना निर्माणमा नेपाली इञ्जिनियरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री दाहालले भने ।

उनले नेपाली इञ्जिनियरको शिक्षा र क्षमतलाई अन्तरराष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पुर्‍याउन इञ्जिनियरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उपयोगबाट आर्थिक समृद्धिलाई अघि बढाउन सकिने धारणा राख्दै उनले नेपालमा उत्पादित जनशक्तिबाट पूर्वाधार क्षेत्रलाई आधुनिक र दिगो बनाउन सकिने बताए । उनले नेपाली इञ्जिनीयरहरूको वृत्तिविकास र योगदानलाई महत्त्वका साथ हेरिएको उल्लेख गरे ।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इञ्जिनीयर र इञ्जिनीयरङ क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदानबिना आधुनिक विकास सम्भव नहुने बताए ।

कार्यक्रममा इञ्जिनीयरङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञसहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ