arrow

कागजमा कृषि प्रधान देश

जग्गा बाँझो राख्नेलाई प्रदेश सरकारको जरिबाना

बाँझो जमीनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
karnali-pradesh-province-always.jpg
तस्बिर – फाइल ।

काँक्रेविहार । कर्णाली प्रदेशमा खेतीयोग्य जमीन बाँझो राख्नेलाई जरिबाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । 

उक्त ऐनअनुसार १० रोपनीसम्म जमीन बाँझो राख्नेलाई रु ५००, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा रु एक हजार ५०० जरिबाना लाग्नेछ । यो ऐन प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।
      
बाँझो जमीनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ । प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ । पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने प्रबन्ध मिलाइएको छ । 

पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्नेलाई पनि ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने व्यवस्था ऐनमा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ