काठमाडौँ । सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले ठूलो संख्यमा एकैपटक माथिल्लो तहका कर्मचारीहरूको सरुवा गरेको हो ।
सरुवा गरिएकामा रा.प. प्रथम श्रेणीका ६८ जना र अधिकृत ११ औँ तहका चार जना हुन्
सरुवा गरिएकामा दुई ओटा विभागमा महानिर्देशक नै सरुवा गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई राष्ट्रिय समावेशी आयोगमा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णालीमा लगिएको छ ।
जसमा रुद्रप्रसाद लामिछानेको थारु आयोगमा, हेमराज सुवेदीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, निता पोखरेल अर्यालको स्वास्थ्य मन्त्रालयमा, भुपेन्द्र थापाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, प्रदीपकुमार कोइरालाको राष्ट्रपतिको कार्यालयमा र रमेश ढकालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।
त्यस्तै कृष्ण पौडेलको रक्षा मन्त्रालयमा, केशवराज ढकालको राष्ट्रिय प्राकृतिक स्रो तथा वित्त आयोगमा, श्रीराम ठाकुरको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।
ईश्वरराज पौडेलको उद्योग, वाणिज्य मन्त्रालयमा, रविलाल शर्माको प्रधानमन्त्री कार्यालयमा, विनोद लामिछानेको मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।