प्रीति राईको व्यावसायिक खेल जोर्डनको क्लब इत्तिहादबाट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
530
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई जोर्डनको क्लबले अनुबन्ध गरेको छ। उनलाई एएफसी च्याम्पियनशिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको हो ।
दुई साताअघि नै जोर्डन गएकी उनलाई क्लबले सोमबार मात्रै अनुबन्ध गर्दै सार्वजनिक गरेको हो। इत्तिहाद क्लब सन् २०१८ मा मात्रै स्थापना भएको क्लब हो।
यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो। गत वर्ष एएफसी महिला च्याम्पियनशिप लिगको समूह ‘बी’ मा रहेको इत्तिहादले भारतको ओडिशा फुटबल क्बल र सिंगापुरको लायन सिटीसँग समूह चरण खेलेको थियो ।
यसपटक इत्तिहाद समूह ‘सी’ छ। यो समूहमा मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिजस्तानको सड्युशोर एसआई एसियागोल रहेका छन् ।
मलेसियामा हुने यो समूहको खेलमा इत्तिहादले पहिलो खेल अगस्ट २५ मा लायनसँग खेल्नेछ।