arrow

अमुदीले २० लाख कित्ता शेयर निष्कासन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
ipo-final1.gif

काठमाडौँ । शेयर बजारमा नयाँ कम्पनी आउने क्रम जारी रहँदा अमुदी फुड्स लिमिटेडले पनि सर्वसाधारणका लागि २० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा सम्पन्न भएको छ।

सम्झौतापत्रमा अमुदी फुड्सको तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्।

अमुदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौँको कोटेश्वरमा रहेको छ भने यसको उद्योग चितवनको भरतपुरमा छ। कम्पनीले विभिन्न ब्रान्डका स्न्याक्स उत्पादन गर्दै आएको छ र यसमा विभिन्न क्षेत्रका अनुभवी व्यवसायी, उद्योगी र शिक्षाविद्हरूको लगानी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ