काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा प्रवीण भेडवालको स्वर रहेको ‘मौनतामा पुरुष पनि कति रोएका होलान् गीत अन्तर्रास्ट्रिय डिजिटल प्लेट्फर्ममा नमस्ते नेपाल डिजिट्ल स्टूडियोबाट भिडियो सार्वजनिक गरिएको छ ।
उक्त गीतको मिक्सिङ्ग तथा मास्टरिङ क्रमशस् मनोज स्याङ्सोन राई तथा सुरेश राईले गरेका हुन् । सो गीत स्टूडियो किङ्गमा रेकर्ड गरिएको हो ।
हाम्रो समाजमा पुरूषका पीडाहरू प्रायः बाहिर आउँदैनन् । उनीहरूमा पनि पीडा हुन्छन् तर अधिकांशले लुकाउछन् बाहिर ल्याउँदैनन् भित्रभित्रै गुम्स्याएर राख्छन् ।
नेपाली समाजमा एउटा सोच – छोरा मान्छे भएर रूनु हुँदैन भन्ने छ । साँच्चै भन्नुपर्दा छोरा मान्छे रुने भनेकै एकान्तमा स्थानमा बन्न पुगेको अवस्था छ ।
यस विषयमा गीतले गहिरो सन्देश दिएको छ कि पुरुषले आँसु झार्ने ठाउँसम्म हुँदैन तर आँसु त झरिरहेको हुन्छ – कि त मनभित्र कित एकान्तमा !
समाजमा बढदै गएको देखासिकी, प्रविधिको सही सदुपयोग नहुनु र एकाङ्गी सोचले बनेका कतिपय कानूनले गर्दा पनि यस्तो अवस्था बढ्दै गएको विभिन्न तथ्यहरूले देखाएका छन् ।
हिजोआज धेरै पुरुषहरू पीडित हुँदै गएको अवस्था छ । यस्तो अवस्था भुसको आगो झै समाजमा भित्रभित्रै सल्कदै गएको छ । यस्तो अवस्थालाई समयमै सम्बोधन गरिएन भने कुनै दिन विस्फोट हुने खतरा पनि बढ्दै गएको छ ।
गीतमा भनिए झैँ कानूनको पालना हुँदैमा सधै न्याय हुन्छ भन्ने निश्चित पनि हुँदैन । गीतको भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल, गणेशकुमार ढकालको अभिनय रहेको छ ।
गीतको निर्देशन खतिवडा आफैँले गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको छ । खतिवडाका यस भन्दा अगाडि पनि थुप्रै गीतहरू र पुस्तकसमेत सार्वजनिक भएका छन् ।