arrow

९१ वर्षीय वृद्धको समाजसेवा, सन्यास आश्रमलाई साढे ५१ लाख दान

जसको नामै काफी छ : 'जगुपति'

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
sahayog-jagupati.jpeg

देवघाट । मन ठूलो भए न हो सबै सम्भव हुने । मन भए धनको के कुरा ? यस्तै, उदाहरण प्रस्तुत गरेका छन् ९१ वर्षीय जगुपति सापकोटाले । सापकोटाले चितवनको देवघाटस्थित् हरिहर सन्यास आश्रमलाई  ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन् ।

सेवा गर्नेको चाहनामा उमेर कहिल्यै बाधक बन्दैन भन्ने भनाईलाई पनि सापकोटाले  प्रमाणित गरिदिएका छन् । समाजसेवालाई आफ्नो जीवनको मूलमत्र मान्ने चितवन भरतपुर निवासी ९१ वर्षीय सापकोटाको अहिलेपनि गति घटेको छैन ।

देवघाटको प्रसिद्ध हरिहर सन्यास आश्रममा एक कार्यक्रमकाबीच सापकोटाले सहयोग रकम हस्तान्त्रण गरे । ९१ वर्षको उमेरमा पनि समाजसेवा गरौं भन्ने आफ्ना बयोवृद्ध पीताको इच्छा पूरा गर्न जगुपतिका छोराहरुले सबै प्रबन्ध मिलाईदिए ।

यसअघि पनि सापकोटाले थुप्रै पटक सामाजिक कार्यक्रमा सहयोग गरिसकेका छन् । उनले विभिन्न सामाजिक काममा मनग्य सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । विशेष गरी उनले मठ, मन्दिर, पौवा निर्माणको लागि सहयोग गरिसकेका छन् । उमेरमा कमाएको सम्पत्ति आफ्नै नाममा ट्रस्ट खोलेर सामाजिक क्षेत्रका लागि उनले बाँडिरहेका छन् ।

आफ्ना बयोवृद्ध पीताको इच्छा पूरा गर्नका लागि सबै छोराहरुबीच एकमत थियो, जसका कारण यो सबै सम्भव भएको बताइँदै छ । जगुपतिका ६ भाई छोराहरु अहिले सबै आ–आफ्नो पेशा र व्यवसायका क्रममा देश बाहिर छन् ।  

समाजसेवा गर्नका लागि पहिले मन चाहिन्छ, त्यसपछि मात्रै धनको कुरा आउँछ भन्ने पुरानो भनाईलाई जगुपतिको परिवारले चरितार्थ गरिदिएको छ । ९१ वर्षीय जगुपतिलाई देवघाटको झोलुगें पुल तराएर कार्यक्रमस्थलमा पुर्‍याउन झण्डै आधा घण्टा लागेको थियो ।  

जगुपतिको यो समाजसेवी कर्मले त्यहाँ उपस्थित सबै अत्यन्तै खुशी थिए । मन्दिरका पीठाधिशले समाजमा यस्ता दानवीरहरु अझै भगवानले कति कतै राखिदिएको भन्दै खुसी व्यक्त गरे ।

जगु्पतिले ५१ लाखको चेक हस्तान्तरण गर्दै आफ्नो यो अन्तिम इच्छा र सहयोग नभएको भन्दै भोलिका दिनमा आफुले गच्छअनुसार अरु सहयोग गर्दै जाने रहर बाँकी नै रहेको बताउँदा त्यहाँ उपस्थित सबै भावुक बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ