arrow

खडेरीका कारण मधेस प्रदेशमा धान रोपाइँमा ढिलाइ, उत्पादन घट्ने अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
ropai-sindhuli-82-3-11-(1).jpg

धनुषाधाम । खडेरीको प्रभावमा परेको मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार, सबैभन्दा बढी रोपाइँ बारामा (९५%) भएको छ भने सबैभन्दा कम महोत्तरीमा (६१.५%) रोपाइँ भएको छ।

प्रदेशको कुल ५ लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकोमा हालसम्म २ लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको छ। पर्याप्त वर्षा नभए पनि किसानहरूले बोरिङ, गण्डक, कोशी र बागमती नहरको सहायताले रोपाइँको काम गरिरहेका छन्। तर, धनुषामा कमला नदी सुकेका कारण समस्या भएको छ।

यस वर्ष मधेस प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशतसम्म उत्पादन घट्ने निर्देशक यादवले बताए।

खडेरी प्रभावित किसानलाई तत्काल राहत दिन प्रदेश सरकारले भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम घोषणा गरेपछि २२ हजार ५२ किसानले आवेदन दिएका छन्। यसका लागि प्रदेश सरकारले १८ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि यो पर्याप्त नभएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए। उनले संघीय सरकारको निर्णय पर्खिरहेको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ