arrow

भारतमाथिको आतंकवादी आक्रमण नेपाललाई सह्य हुँदैन - मिनेन्द्र रिजाल [भिडियो]

‘एक चीन नीतिबाट बुरुक्क उफ्रिएर सरकारले एक चीन सिद्धान्तका रुपमा अघि बढायो’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
minendra-rijal.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने कुनै पनि आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि देशमाथिको आतंकवादी आक्रमणको विपक्षमा रहेको स्पष्ट पारे।

नेता रिजालले नेपालको भूमि आतंकवादी गतिविधि का लागि कहिल्यै प्रयोग गर्न नदिइने बताए। उनले नेपालले छिमेकी देश चीनसँग पनि ‘एक चीन नीति’ मा स्पष्ट रहेको उल्लेख गर्दै केही सरकारले त यसलाई 'एक चीन सिद्धान्त' को रूपमा समेत अगाडि बढाएको बताए।

उनले नेपालको हित चाहने कुनै पनि नेपालीले भारतसँगको सम्बन्धमा दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गरे। उनले नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि कुनै सम्बन्ध नहुने स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ