एएफसी यू-२० महिला एसिया कप छनोट: उत्तर कोरियासँग नेपाल निरीह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
659
Shares
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत नेपालले उत्तर कोरियासँग लज्जास्पद हार बेहोरेको छ । आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियासँग नेपाललाई ११-० गोल अन्तरले पराजित भएको हो ।
नेपालमाथि पूर्णरुपमा हावी भएको उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्न सफल भएको थियो । यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो ।
यो जितसँगै समूह ए मा तिनै खेल जितेर उत्तर कोरिया एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ ।
यस्तै नेपाल समूह एमा ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।