arrow

अझै मतदाताको प्रेममा नपरेका जर्मन चान्सलर मर्जको सय दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
friedrich-merz-germany.jpg
तस्बिर – फाइल ।

बर्लिन । जर्मन चान्सलर फ्रेडरिक मर्जले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुरक्षा, आर्थिक र आप्रवासन नीतिमा व्यापक परिवर्तन गरेका छन् । फेब्रुअरीमा निर्वाचित भएपछि हर्षित हुँदै चान्सलर मर्जले गर्वसाथ गरेको पोस्टमा भनिएको थियो, “जर्मनी फर्केको छ।”  

६९ वर्षको उमेरमा युरोपको शीर्ष अर्थतन्त्र सञ्चालन गर्ने आफ्नो जीवनको महत्वाकाङ्क्षा हासिल गरेपछि मर्जले मुख्यतः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फैलिएको ट्रान्साटलांटिक अशान्तिको प्रतिक्रियामा जर्मनीको नीतिमा व्यापक परिवर्तनको घोषणा गरेका थिए । 

पूर्ववर्ती ओलाफ स्कोल्जको नेतृत्वमा तीन कमजोर वर्षहरू पार गरेको भन्दै उनले भने, “आगामी दिनमा मेरो नेतृत्व जर्मनीको अर्थव्यवस्था, सेना र बर्लिनको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई पुनर्जीवित गर्नमा व्यतित हुनेछ ।”

पदभार ग्रहण गर्नुअघि नै मर्जको क्रिश्चियन डेमोक्र्याट्स (सीडीयू–सीएसयू) र स्कोल्जको सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) का गठबन्धन सहयोगीले ऋण नियमहरू खुकुलो पारेका थिए र जर्मनीको सशस्त्र सेना र यसको ध्वस्त पूर्वाधारका लागि सयौँ अर्ब युरो बजेटको घोषणा गरिसकेका थिए ।

मर्जले शत्रुतापूर्ण रूसको सामना गर्दै ‘युरोपको सबैभन्दा ठूलो परम्परागत सेना’ निर्माण गर्ने र पेरिस र लण्डनसँग लकस्टेपमा युक्रेनको लागि बलियो समर्थन कायम राख्ने प्रतिज्ञा गरे । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ओभल अफिसमा भएको विवादको केही हप्तापछि गत जुनमा ह्वाइट हाउसमा भएको बैठकमा मर्जले नेटोको खर्च बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

यो अवधिमा इजरायलले इरानी लक्ष्यहरूमा बमबारी ग¥यो भने मर्जले बलियो र प्रायः विवादास्पद छोटो टिप्पणीमा इजरायलको ‘गलत अभियाना’ को प्रशंसा गरे  । तर गत शुक्रबार उनले गाजा अभियानको लागि इजरायललाई हतियार निर्यात मा रोक लगाउने साहसिक कदम उठाएका छन् । 

–आप्रवासन नियन्त्रण –

घरेलु मोर्चामा मर्जले अनियमित आप्रवासनमाथि कडा कदम चालेका छन् यो उनको लामो समयदेखिको पार्टी प्रतिद्वन्द्वी एन्जेला मर्केलको मध्यमार्गी मार्गबाट तीव्र विचलन हो ।

उनले गत फेब्रुअरीमा भएको निर्वाचनमा २० प्रतिशत मत प्राप्त गरेको अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीको उदय रोक्न आप्रवासनसम्बन्धी मतदाताको चिन्तालाई सम्बोधन गर्नुपर्ने बताएका थिए । 

विश्वव्यापी घटनाबारे आएका मर्जले व्यापक चासो दिँदा उनले स्वदेशमा ‘विदेशी चान्सलर’ को उपनाम कमाउनुपरेको छ । उनले घर (स्वदेश) मा नै लुकेको समस्यासँगै जुध्नुपरेको छ । जर्मनीमा उनी एसपीडी सहयोगीहरूले प्रायः छाँयामा परेको वा किनारा महसुस गरेका छन् ।

तिनीहरूमध्ये धेरैका लागि मर्जको दक्षिणपन्थी स्थितिहरू एसपीडीको १६ प्रतिशतको निराशाजनक चुनावी परिणाम पछि प्रेम र प्रतिबद्धताबाहेक अन्य कारणहरूका लागि सम्झौता गरिएको ‘सुविधाको विवाह’ का लागि प्रवेश गरेको उक्त दलका लागि ‘निल्नु न ओकेल्नु’ को अवस्थामा रहेको छ ।

जर्मन मतदाताहरू अझै पनि मर्जको प्रेममा परेका छैनन् । सार्वजनिक प्रसारक एआरडीले हालै गरेको सर्वेक्षणमा उनको व्यक्तिगत ख्यातिको अनुमोदन दर १० अङ्कले घटेर ३२ प्रतिशतमा झरेको छ ।

– न्यायाधीश विवाद –

मे ६ मा भएको गोप्य मतदानको पहिलो चरणमा विद्रोही सांसदहरूले उनको विरोध गरेपछि मे ६ मा मर्जको सपथ ग्रहण साहसिक तर अनिश्चित यात्रामा परिणत भएको थियो । फलतः उनी पहिलो चरणमा चुनिन सकेनन् । पराजयले वाम–दक्षिणपन्थी गठबन्धनमा बढ्दो आक्रोशलाई सङ्केत गरेको थियो यद्यपि दोस्रो चरणमा उनको विजय भएको थियो ।

आप्रवासनसम्बन्धी उनको कडा अडान, सामाजिक कल्याणलाई कम गर्ने  प्रतिज्ञा र जलवायु संरक्षणका लागिसीमित उत्साहलाई धेरैले आलोचना गरेका छन् ।
मर्जले संसद भवनमा एलजिबिटिक्यू इन्द्रेणी झण्डा फहराउने योजनालाई अस्वीकार गर्दै आलोचकले रिचस्टाग ‘सर्कस टेन्ट’ नभएको भन्दै उनको योजनाको विरोध भयो । 

गठबन्धनको सबैभन्दा ठूलो सङ्कट गत महिना जर्मनीको सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीशको मनोनयनको नियमित संसदीय कार्यबाट सुरु भएको थियो ।

दक्षिणपन्थी अनलाइन मिडियाले एसपीडीका उम्मेदवार फ्राउक ब्रोसियस–गेर्सडोर्फविरुद्ध कडा अभियान चलाएका थिए र उनलाई गर्भपतन र अन्य मुद्दाहरूमा बामपन्थी एजेन्डा बोकेको आरोप लागेको छ ।

सीडीयू–सीएसयूले उनलाई दिएको समर्थन फिर्ता लिए र मतदान स्थगित गरे । यसले एसपीडी क्रोधलाई बढावा दियो । ब्रोसियस गेर्सडोर्फले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता नलिएसम्म यो मुद्दा चर्किने देखिएको थियो । 

–निकै बढी तर्क – 

सीडीयूको ‘बवेरियन’ भ्रातृ पार्टीले युक्रेनी शरणार्थीहरूको लागि सामाजिक लाभमा तीव्र कटौतीको माग गरेपछि उहाँको नेतृत्वलाई अर्को समस्या उत्पन्न भएको छ । एसपीडीले यसको विरोध गर्दछ।

एसपीडीका भाइस चान्सलर लार्स क्लिङबेलले कन्जरभेटिभहरूलाई थप उक्साहटबाट जोगिन चेतावनी दिँदै वेल्ट टीभीसँग भने, “हामीसँग पहिले नै यस सरकारबारे धेरै तर्कहरू छन्।”

दुवै गठबन्धन साझेदारहरूलाई थाहा छ कि कलहले स्कोल्जको तीन दलीय गठबन्धनलाई तल झारेपछि र उनीहरूको साझा शत्रु एएफडीको हातमा चल्ने भएपछिको खुला झगडाले मतदाताहरूलाई विकर्षित गर्नेछ।

अहिलेका लागि नसुल्झिएका मुद्दाहरू छोड्दै मर्ज र अधिकांश अन्य राजनीतिज्ञहरू ग्रीष्मकालीन बिदा मनाइरहेका छन् । 

कासेल युनिभर्सिटीका वुल्फगाङ श्रोएडरले आगामी दिनमा सत्ता समीकरणलाई सञ्तुलित राख्न मर्जले सानातिना कुरालाई ध्यान दिएर सावधानीसाथ अघि बढ्नुपर्ने बताए । 

“चान्सलरको मनोवृत्ति सानो कुरालाई ध्यान नदिने र ठूलो र दीर्घकालीन बिषयका बारेमा मात्र सोच्ने रहेको छ । तर न्यायाधीश विवाददेखि श्रोएडरले गठबन्धनका अहिलेसम्मका सबै ठूला समस्याहरू सानातिना विषयबाट उल्झेका समस्या हुन् ।” एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ