arrow

भ्रष्टलाई सिलोटामा पिस्नु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
daman-gaijatra-82-4-25.jpg

काठमाडौँ । यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ड्यामड्यामको एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।

जसो जसो जजमान, तसो तसो स्वाहा भन्दै श्राद्धब्रह्मणको भेषमा देखिएका रुपाखेती संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै सिस्नु पानीले हान्नु नम भन्न समेत परेका छैनन् ।

रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो। व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । ‘नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो’, उनी भन्छन् ।

दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भिडियोमा दमन रुपाखेतीसँगै उत्तम अर्याल ‘कोदे’, मिनुकुमाइ, दिलिप ढकाल, बलबहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ ।

निर्माता दिलिप ढकाल रहेको यस भिडियो सागर खड्काले खिचेका हुन् भने सम्पादन सुस्मा जिम्वाले गरेकी हुन् । आजै सार्वजनिक भएको भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ