रसुवाको बाढी-पहिरोको क्षतिबापत ९८ करोड बढीको बीमा दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
676
Shares
काठमाडौँ। गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा र बाढी पहिरोका कारण भएको क्षतिबापतको प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, साउन २२ गतेसम्म कुल ७८ वटा बीमा दाबी परेका छन्।
प्राधिकरणका अनुसार, सबैभन्दा धेरै बीमा दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा ५५ करोड रुपैयाँ को परेको छ। यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड ९६ लाख, नेपाल इन्स्योरेन्स कम्पनीमा ८ करोड ७३ लाख र सानिमा जिआइसीमा ६ करोड ८४ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
बाढीले नेपाल-चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा राखिएका सवारीसाधन, रसुवागढी हाइड्रोपावर लगायतका संरचनामा क्षति पुर्याएको थियो।