चार महिनामा विपद्का २६ सय बढी घटना, एक सय सत्र जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
548
Shares
तस्बिर फाइल
काठमाडौँ। गत वैशाखदेखि साउन २४ गतेसम्म नेपालमा कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन्। यी घटनाका कारण एक सय सत्र जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन्। यसबाट चार हजार सात सय २५ घरपरिवार प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यो अवधिमा भएका घटनाहरूमध्ये सबैभन्दा धेरै आगलागीका घटना (१,०६६) रहेका छन्। यसबाहेक बाढीजन्य १९८ घटनामा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन्। पहिरोका २८१ घटनामा १३ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार, यो अवधिमा भारी वर्षाका १७४, चट्याङका २४४, सर्पदंशका ७४, वन डढेलोका १५८, हावाहुरीका २७६, जनावर आक्रमणका १५३, लेक लागेर ४१ र भूकम्पका ५ वटा घटना भएका छन्। समग्रमा, विपद्जन्य घटनाका कारण २२ जना बेपत्ता भएका छन्।
साउन २४ गतेसम्म मात्रै ३५ वटा विपद्का घटना भएका छन्, जसमध्ये सबैभन्दा बढी पहिरोका १३ वटा घटना थिए। ती घटनामा ६ जना घाइते भएका छन्।