arrow

राखी बाँधे प्रधानमन्त्री ओलीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
kp-oli-rakhi-2082.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी बाँधेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन् । 

प्रधानमन्त्री ओलीले लेखेका छन्,“आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद !”

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ । 

मधेसबाट फैलदै राखीको चलन देशैभर पुग्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ