arrow

पशुपतिमा जनैपूर्णिमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
janaipurnima-pas.jpg

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर रक्षाबन्धन र जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व हर्षोल्लासका साथ मनाएका छन्। यस अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा वैदिक विधिअनुसार नयाँ जनै र रक्षासूत्र (डोरो) धारण गरिएको छ।

धार्मिक मान्यताअनुसार, सत्ययुगमा दानवहरूबाट जोगिन गुरु बृहस्पतिले देवगणलाई रक्षासूत्र बाँधेर सुरक्षित राखेका थिए। यही परम्परालाई निरन्तरता दिँदै आज ब्राह्मण पुरोहितहरूले 'येन बद्धो बलिराजा...' मन्त्रोच्चारण गर्दै यजमानहरूको दाहिने नाडीमा रक्षाबन्धन बाँधिदिएका छन्। यो डोरोले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ।

आज ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो पुरानो जनै फेरेर नयाँ जनै धारण गरेका छन्। यसका लागि उनीहरूले बिहानै नदी, ताल वा कुण्डमा गई स्नान गरी जौ, तिल र कुशले ऋषिहरूलाई तर्पण दिएका थिए। आठ ऋषिलाई पूजा र तर्पण गरिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ