यू–२० एसियन कप छनोटमा साउदीमाथि नेपालको कठिन जित, के गर्ला उत्तर कोरियासँग ?
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
1.1k
Shares
काठमाडौँ । नेपालले एएफसी महिला यू–२० एसियन कप छनोटमा जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हराउँदै जित हासिल गरेको हो ।
योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो ।
यस जितसँगै नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ । त्यस्तै यस हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालको कठिन जितमा सुक्रिया मियाँले गोल गरिन् । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन् । साउदी सबैभन्दा कमजोर टिम हो ।
अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ । यो खेल जित्दामात्र नेपाल अर्को चरणमा पुग्नेछ । कमजोर भुटानसँग बराबरीमा रोकिनु नै नेपालको कमजोरी देखियो ।