arrow

एशियन बैङ्किङ एण्ड फाइनान्स अवाड्र्स २०२५ मा नबिल बैङ्कलाई दुई प्रतिष्ठित उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
nabil-bank-all-format-logo.png

काठमाडौँ। नबिल बैङ्कले एशियन बैङ्किङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ। बैङ्कले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैङ्क अफ द इयर’ प्राप्त गरेको हो।

नबिल बैङ्कले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको  प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ।

साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैङ्कले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैङ्किङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त गरेको हो। यसै गरी, बैङ्कले मुलुकका  महत्त्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा  वित्तीय साझेदारी गरेका कारण नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैङ्क अफ द इयर अवार्ड  प्राप्त गरेको हो।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, “यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन्। हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौँ ।” उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैङ्किङ सेवामार्फत नेपाली बैङ्किङलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ