arrow

झलनाथलाई केपीको सेवामा फर्कन माधवको सुझाव, 'सन्तान' टिप्पणीमा कटाक्ष [भिडियो]

विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने ओलीजीको सेवा गरेर बसे हुन्छ, ओलीले १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
madhav-.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमालेमै फर्किएर अध्यक्ष केपी शर्मा ओलीको सेवा गर्न सुझाव दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेपालले विद्रोह गरेर नयाँ पार्टी बनाएपछि फेरि अहिले विद्रोहको औचित्यमाथि प्रश्न उठाउनु पार्टीको अनुशासन विपरीत भएको तर्क दिए। उनले भने, “विद्रोह ठिक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि।” नेपालले संविधान मिच्ने र संसद विघटन गर्ने जस्ता कार्यका कारण नै आफूहरूले एमालेबाट विद्रोह गरेको स्पष्ट पारे। उनले पार्टीका हितमा मात्रै प्रचार गर्न र अनुशासन पालना गर्न नेताहरूलाई निर्देशन पनि दिएका छन्।

सोही कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिमाथि कटाक्ष गरेका छन्। प्रधानमन्त्री ओलीले केही समयअघि एक सार्वजनिक कार्यक्रममा ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेकोप्रति लक्षित गर्दै नेपालले १६ वर्षमै बच्चा जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने व्यङ्ग्य गरे। उनले भने, “अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान्। पुरस्कार दिन बेर छैन। तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन्।”

झलनाथलाई एमालेमै फर्कन माधवको सुझाव, ओलीको 'सन्तान' टिप्पणीमा कटाक्ष

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ