arrow

वीरगञ्ज हेल्थ केयर अस्पताल डिजिटल युगमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
birjung-healthcare-hospital.jpg

वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै १०० शय्याबाट क्षमता बढाएर ३०० शय्यामा पुर्‍याउने तयारी थालेको छ ।

अस्पतालका अध्यक्ष अबुल हैश अन्सारीका अनुसार भौतिक पूर्वाधार निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ। विस्तारसँगै वीरगञ्ज र आसपासका नागरिकले थप सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरिएको छ ।

विगत पाँच वर्षदेखि अस्पतालले मुटुमा जाली राख्ने, स्थायी पेसमेकर राख्ने तथा घुँडा प्रत्यारोपण जस्ता विशिष्ट सेवा नियमित रूपमा दिँदै आइरहेको छ अन्सारीले बताए ।

अस्पतालले “तपाईंको स्वास्थ्य अब तपाईंको मोबाइल खल्तीमा” भन्ने नाराका साथ सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको हो ।

८ वर्षदेखि सरकारी दररेटमै सेवा दिँदै आएको वीरगञ्ज हेल्थ केयर अहिले सम्पूर्ण सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने पहिलो स्थानीय स्वास्थ्य संस्था बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ