गायक पशुपति शर्मा सवार कार दुर्घटनामा, चार जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
988
Shares
पोखरा । गायक पशुपति शर्मा सवार कार स्याङ्जा दुर्घटनामा परेको छ । सो दुर्घटनामा गायक शर्मासहित चार जना घाइते भएका प्रहरीले जनाएको छ ।
शर्माको देब्रे हातमा चोट लागेको छ भने कारमा सवार अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पोखराबाट वालिङ जाँदै गरेको ग१च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका वडा नं २ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।
शर्मासहितको टोली स्याङ्जामा सांगीतिक कार्यक्रममा सहभागी जाने क्रममा कार दुर्घटनामा परेको थियो ।