arrow

निर्माणाधीन खेलकुद पूर्वाधार प्रदेश सरकारलाई हस्तान्तरण गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
tejulals.jpg

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्माणाधीन खेलकुद पूर्वाधारहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सङ्घीय सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सम्भव नहुने भएकाले प्रदेश र स्थानीय तहसँगको सहकार्य जरुरी रहेको औंल्याए।

मन्त्री चौधरीले पूर्वाधारहरूको मर्मतसम्भारको सम्भाव्यता मूल्याङ्कन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने स्पष्ट पारे। उनले भने, "केही समयपछि रंगशाला निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिँदैछौं।"

मन्त्री चौधरीले खेलकुदको विकासका लागि तीनवटै तहका सरकारबीच सहकार्य आवश्यक रहेको र यसैअनुसार जिम्मेवारी वर्गीकरणको काम भइरहेको जानकारी दिए। उनले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्ने लक्ष्यका साथ ‘ग्रासरुट’ तहबाट काम गर्न खोजिएको पनि बताए।

विधेयकमाथि छलफलमा सहभागी सांसदहरूले पनि खेलकुद क्षेत्रको विकासका लागि ग्रासरुटबाटै काम गर्नेगरी विधेयक ल्याउनुपर्ने धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ