arrow

यातायात व्यवस्था सेवा कार्यालय इलाममा लक्ष्यभन्दा बढी राजस्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
yatatat-ilam.jpg

इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

एक वर्षको अवधिमा १३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए।

कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा दुइ करोड ४९ लाख ४१ हजार आठ सय ३९ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२दशमलव०२ प्रतिशतले वृद्धि हो ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले सवारी साधन वार्षिक करबाट नाै करोड ९६ लाख नीन हजार चार सय ४२ सङ्कलन गरेको छ । सवारी दर्ता/नामसारी/नवीकरणबाट ७२ लाख तीन हजार पाँच सय ५५ सङ्कलन गरेको छ ।

त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट एक लाख २८ हजार २ सय रुपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए।

त्यस्तै आयकरबाट ३७ लाख ८५ हजार पाँच सय ९० सङ्कलन गरेको छ । कार्यालयले चालक अनुमतिपत्रबाट एक करोड ४३ लाख १७ हजार ३० सङ्कलन गरेको छ ।

त्यसैगरी नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट एक करोड छ लाख १७ हजार ३० राजस्व सङ्कलन भएको छ ।

इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट एक करोड ३० लाख ७२ हजार दुइ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँच सय १० रुपैयाँ र मोटरसाइकलको दुइ सय १० रुपैयाँ राजस्व लिने व्यवस्था गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ