तस्बिर – सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । वर्षाको समय सडक अस्तव्यस्त भयो भने के होला ? ठ्याक्कै त्यस्तै भएको छ काठमाडौँको व्यस्त बजार असनमा ।
ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ । बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् ।
हिलोले गर्दा पैदल यात्रा कष्टकर बनेको छ । जाम र असुविधाले गर्दा समस्या बढेको छ।