arrow

अमेरिका-ईयू व्यापार सम्झौता: युरोपमा आर्थिक दबाब र रणनीतिक चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
ursila-trump.jpg

काठमाडौं। अमेरिकासँग हालै सम्पन्न भएको व्यापार सम्झौताले प्रारम्भमा केही तनाव कम गरेजस्तो देखिए पनि, वास्तविक रूपमा यसले युरोपेली मुलुकहरूमा आर्थिक दबाब र दीर्घकालीन रणनीतिक चुनौतीहरू थपिएको स्वीडेनका प्रख्यात विश्लेषक हुसेन अस्कारीले बताएका छन्। स्वीडेनस्थित बेल्ट एन्ड रोड संस्था (बीआरआईएस) का उपाध्यक्ष अस्कारीका अनुसार, यो सम्झौता युरोपेली संघ (ईयू) ले इच्छाविपरीत गरेका सम्झौतामध्ये एक हो, जसबाट खास फाइदा नदेखिएको उनले बताए।

सम्झौता अनुसार, अमेरिकाले युरोपेली वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क लागू गर्नेछ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेयरले यसलाई एक 'सकारात्मक सहमति' भनेका छन्।

अस्कारी भन्छन्, "युरोपेली उद्योगहरू स्वतन्त्र र खुला व्यापार प्रणालीमा आधारित छन्। यस्तो शुल्क हामीलाई स्वीकार्य त भएको हो, तर रुचि भने पक्कै होइन।"

उक्त सम्झौताअनुसार, युरोपेली संघले अब अमेरिकाबाट ७५० अर्ब डलर बराबरको ऊर्जा किन्ने र ६०० अर्ब डलरको लगानी अमेरिकाभित्र गर्ने प्रतिबद्धता जनाएको छ। अस्कारीका अनुसार, यस्ता सर्तहरूले युरोपका अत्यावश्यक सामाजिक र पूर्वाधार परियोजनाहरूका लागि बजेटमा कटौती गर्न बाध्य बनाएको छ।

स्वीडेन र जर्मनीजस्ता निर्यातमुखी अर्थतन्त्रहरूका लागि यस्तो व्यापारिक अनिश्चितता नकारात्मक असर पुर्‍याउने खालको रहेको अस्कारीको भनाइ छ। "हामीलाई दीर्घकालीन योजना, लगानी र व्यापारको निरन्तरताका लागि सामान, सेवा र पुँजीको स्वतन्त्र आदानप्रदान आवश्यक छ," उनले बताए।

अस्कारीले अन्तमा यस्ता नीतिगत अनिश्चितताले युरोप–अमेरिका व्यापार सम्बन्धमा विश्वसनीयता घटाउने जोखिम पैदा गर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ