arrow

दशैँअघि नै रसुवागढी नाका सञ्चालन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
rasuwagadinaka.jpeg

त्रिशूली (नुवाकोट)। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैँअघि नै रसुवागढी नाका सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन्। उनले ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भइसकेको जानकारी दिए।

मङ्गलबार त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको 'गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना'को अवलोकनपछि नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री दाहालले यो जानकारी दिएका हुन्।

गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मानिने मितेरी पुल बगाएको थियो।

"गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ," मन्त्री दाहालले भने, "रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ