दलको नेताबाट हटे पनि राजीनामा दिन्नँ - मुख्यमन्त्री लामा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
774
Shares
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफूविरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुनपर्ने र नदिने बताएका हुन्।
"संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन," उनले भने, "सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो। मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन।"
आफूविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता पद रिक्त भएको र अब नेता चयन प्रक्रिया सुरु हुने लामाले बताए।