arrow

नेपालकै ठूलो प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरू लन्च हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
auto-mobile-assocation-naima.jpg

काठमाडौँ। नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजना गर्न लागिएको  “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को पत्रकार सम्मेलन सोमबार सम्पन्न भएको छ।

कार्यक्रमको सञ्चालन नाइमाका कार्यकारी निर्देशक, राज कुमार दुलालले गरेका थिए भने अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले उद्घाटन मन्तव्यमा एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै कार्यक्रममा उपस्थित पत्रकार, प्रायोजक, सदस्य, तथा साझेदारहरूलाई धन्यवाद ज्ञापन गरे।

सोल्टी होटेलको सुरसुधा हलमा आयोजित सम्मेलनमा कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले यस पटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार – विशेषतः जल निकासी, अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था– उल्लेखनीय रहेको बताए।

उनले यसपालि नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि दिए। प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक हुने जानकारी गराइयो।

त्यसपश्चात् मुख्य प्रायोजक संस्थाहरू – एभरेस्ट बैङ्क लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए।

एभरेस्ट बैङ्क र नेशनल इन्श्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ्ग पार्टनरको रूपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टी होटेल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन्।

प्रदर्शनीका आगन्तुकहरूलाई प्रायोजक कम्पनीहरूले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ। राईड पार्टनर पठाओले प्रदर्शनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने भएको छ।

यस बाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ। यो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरू प्रत्येक लाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने छ।

कार्यक्रमको समापन नाइमाका अध्यक्ष रितु सिंह वैद्यले गरिन्। उनले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै “नाइमा मोबिलिटी एक्स्पो २०२५” नेपालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण अटो मोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्। यसका साथै प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिइन्।

प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म “ मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्दै छन् भने अरू दिनको सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेसन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरूको उपस्थिति रहने छ।

“नाइमा मोबिलिटी एक्स्पो २०२५” श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुँदै छ जहाँ ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन्। प्रदर्शनीको  टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ। नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिपहरू प्रदान गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ