arrow

नेप्से परिसूचक सामान्य घट्यो, कारोबार रकममा भने उत्साह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले घटेको छ। परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात् २ दशमलव ०७ अंकले घटेर २ हजार ९६२ दशमलव १३ विन्दुमा कायम भएको छ।

आजको कारोबार रकममा भने उत्साह देखिएको छ। विभिन्न ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर १ लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ दशमलव २९ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत, सान्भी इनर्जी लिमिटेडको ९ दशमलव ९२ प्रतिशत, र ट्रेड टावर लिमिटेडको ९ दशमलव ५३ प्रतिशतले बढेको छ। यस्तै, बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ८ दशमलव ४९ प्रतिशत, लक्ष्मी उन्नती कोषको ७ दशमलव ५२ प्रतिशत र ग्रीन भेञ्चर लिमिटेडको ५ दशमलव ०८ प्रतिशतले घटेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ