arrow

वीरगन्जमा खाने पानीको हाहाकार, नेपाली सेनाद्वारा दैनिक ९० हजार पानी वितरण

logo
प्रकाशचन्द्र तिमिल्सेना,
प्रकाशित २०८२ साउन ११ आइतबार
nepal-army-Birganj-Water-supply-in-crisis-shrawan-2082.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

वीरगन्ज। मधेस प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ। वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव सृजना भएको छ।

अहिले वीरगन्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खाने पानीको चरम अभाव देखिएको छ। पालिकाको १९ नं वडा विन्ध्यवासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाव देखिएको छ।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ।

हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) ६ वटा दमकलको साहेयता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए।

नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन्, अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए। गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षा पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए।

स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको उनले बताए। पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरू वडा, पालिकाले केही गरेको छैन उनले बताए।

nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (1).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (2).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (3).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (4).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (5).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (6).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (8).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (9).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (10).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (11).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (12).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (13).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (14).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (15).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (16).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (17).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (18).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (19).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (20).jpg
nepal-army-Birganj Water-supply-in-crisis-shrawan-2082 (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ