arrow

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम २६ अर्ब नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिए पनि कारोबार रकम भने साढे २६ अर्ब रुपैयाँ नाघेको छ। नेप्से परिसूचक १८.४४ अङ्कले घटेर २,९६४.२० को बिन्दुमा कायम भएको छ।

आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २ लाख ३ हजार ६५८ पटक खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको यो कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो।

आजको कारोबारमा विकास बैंक समूह (१.२३%), उत्पादन तथा प्रशोधन (१.०८%), म्युचुअल फन्ड (०.३९%) र व्यापार समूह (१.४४%) को उपसूचक बढेको छ।

यद्यपि, अन्य सबै समूहको उपसूचकमा भने गिरावट आएको छ। बैंकिङ (०.७१%), वित्त (१.९९%), होटल तथा पर्यटन (१.७९%), जलविद्युत् (१.०९%), लगानी (१.६६%), जीवन बिमा (१.३५%), निर्जीवन बिमा (०.६७%) र अन्य समूह (०.८६%) घटेका छन्।

आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६.३४% ले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको १ अर्ब २ करोड ३ लाख ३५ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको २१ लाख २० हजार ९१२ कित्ता शेयर किनबेच भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ