पर्सा। देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भए पनि मधेस प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन। समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ। धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावण महिला लाग्दा पनि रोपाइँ गर्न पाएका छैनन्।
सुख्खा र खडेरीका कारण असार २६ गते मधेस प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ। त्यसो त हरेक वर्ष मल खादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ।
समयमा वर्षा नभए पछि सुख्खा देखिएको मधेस प्रदेशका खेतहरू।