arrow

गुरुङकाे नाममा ट्रस्ट निर्माण गरी स्कूललाई सहयोग

logo
प्रकाशित २०७३ माघ १० सोमबार
Harikaji_gurung.jpeg
खाेटाङ। हरिकाजी गुरुङ तथा तुलसा गुरुङ्गको नाममा बनेको स्मृति ट्रस्टले जम्मा गरेको सबै रकम विद्यालयलाई सहयोग गर्ने भएका छन् । मृतक द्वयका सबै छोराछोरीहरु साथै केहि आफन्तहरु समेत मिलेर जम्मा गरेको रकम यहाँको द्यौराली उ. मा. बि. डुम्रे धरापानी तथा श्री गंगोदय मा‍‍. बि. दूबेकोलका विद्यार्थीहरुलाई सहयोग गर्नै तथा त्यहाँके स्कूल स्तरोन्नतीको लागि सहयोग गर्ने तयारी भईरहेको उनका आफन्तले जनाएका छन् । 
 
ट्रस्ट स्थापना गर्ने सोच भए मुताबिक, गुरुङको परिवारले ट्रस्टमा रकम जम्मा गरी सञ्चालनमा ल्याउने सोच भएको भएता पनि केही निकटस्थ आफन्तहरुले पनि स्वेच्छाले केही रकम राख्न चाहेपछि सबैलाई यसमा सहयोग गरिएको उनका आफन्तले जनाएका छन् । ट्रस्टको पहिलो पूँजीको रुपमा सात लाख रुपैयाँ जम्मा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ