arrow

मनसुन कमजोर तर चार प्रदेशमा वर्षाको सम्भावना: तराई–मधेसमा हावाहुरी चल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
meteorological-forcasting-d.jpg

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित छ।

हाल पहाडी भू-भागमा सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले बताएको छ।

पूर्वानुमान महाशाखाका अनुसार, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी, कोशी प्रदेशको तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ