काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन्। उनीहरूबीचको भेट राष्ट्रपति निवास, शीतल निवासमा भएको हो।
भेटका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएका छन्।
राष्ट्रपतिको सचिवालयले यसको पुष्टि गरेको छ। सभामुख घिमिरे उक्त विश्व सम्मेलनमा सहभागी हुनका लागि जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।