भायानेटको स्वतन्त्र सञ्चालकमा अनुभवी बैङ्कर परशुराम कुँवर क्षेत्री नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
428
Shares
काठमाडौँ। इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सञ्चालक समितिमा अनुभवी बैङ्कर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। बैङ्क तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आबद्ध भएका हुन्।
क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैङ्क (हाल स्ट्यान्डर्ड चार्टर्ड बैङ्क) बाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैङ्क, सिटिजन्स बैङ्क इन्टरनेशनल, बैङ्क अफ एसियामा वरिष्ठ पद सम्हालेका थिए। क्षेत्रीले जनता बैङ्क र ग्लोबल आइएमई बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका छन्। क्षेत्रीले सन् २०२० मा ग्लोबल आइएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका हुन्।
भायानेट कम्युनिकेसन लिमिटेडले अनुभवी बैङ्कर परशुराम कुँवर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढी समयदेखि विभिन्न क्षेत्रमा सञ्चित अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकास तर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।