arrow

गाजा युद्धविराम वार्ता स्थगित: इजरायलले फिर्ता बोलायो वार्ताकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजामा करिब दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब बढेपछि इजरायलले हमाससँगको युद्धविरामका लागि खटाइएका आफ्ना वार्ताकारहरूलाई फिर्ता बोलाएको छ।

इजरायल र हमासका प्रतिनिधिमण्डलबीच कतारमा दुई हप्ताभन्दा बढी समयदेखि मध्यस्थकर्ताको उपस्थितिमा अप्रत्यक्ष वार्ता भइरहेको थियो, तर अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन। गाजा पट्टीमा २० लाखभन्दा बढी प्यालेस्टिनीहरूको दुर्दशालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दै गएको छ। त्यहाँको लडाइँले गम्भीर मानवीय सङ्कट निम्त्याएको छ र ‘ठूलो सङ्ख्यामा भोकमरी’ फैलिरहेको चेतावनी दिइएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासले युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थकर्तालाई जवाफ बुझाएपछि इजरायली वार्ताकारलाई परामर्शका लागि फिर्ता बोलाइएको जनाएको छ। नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "हामी मध्यस्थकर्ता कतार र इजिप्टको प्रयास र अमेरिकी विशेष दूत स्टिभ विटकोफको प्रयासको सराहना गर्दछौँ।"

वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार हमासको प्रतिक्रियामा सहायता प्रवेशसम्बन्धी धारामा प्रस्तावित संशोधन, इजरायली सेना फिर्ता हुनुपर्ने क्षेत्रहरूको नक्सा र युद्धको स्थायी अन्त्य सुनिश्चित गर्ने ग्यारेन्टी समावेश छ।

ह्वाइट हाउसले बुधबार अमेरिकी राजदूत विटकोफले युद्धविराम प्रस्तावबारे छलफल गर्न यस क्षेत्रका ‘प्रमुख नेताहरू’ सँग भेटघाट गरिरहेको जनाएको छ। इजरायली सञ्चारमाध्यमले विटकोफ बिहीबार इटालियन टापु सार्डिनियामा रहेको जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ