बढ्दो निराशा र भ्रष्टाचारले समाजमा ठूलो समस्या सिर्जना गर्यो - प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
774
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आम नागरिकमा ठूलो निराशा बढ्दै गएको बताएका छन्। उनले यो निराशाको गहिरो समीक्षा आवश्यक रहेको औँल्याए।
प्रचण्डका अनुसार, जनताको अपेक्षा र राज्यका नीतिहरूबीचको असंगतिले समाजमा ठूलो असन्तुष्टि पैदा गरेको छ। यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दल, समाज र निजी क्षेत्र सबैको काँधमा छ। उनले नेपालमा भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको र विश्वव्यापी तुलनामा नेपाल भ्रष्टाचारमा अगाडि बढिरहेकोमा चिन्ता व्यक्त गरे।
“किन भ्रष्टाचार यति धेरै बढ्यो? ब्यूरोक्रेसी, जुडिसियरी र लेजिस्लेटिभलगायतका सबै संस्थाहरूमा बढ्दै गएको अराजकता र बेथितिको कारणको पनि समीक्षा हुनुपर्छ,” उनले भने।
अध्यक्ष दाहालले अब जनतालाई सजिलै सन्तुष्ट पार्न नसकिने अवस्था रहेको स्वीकार गर्दै, संविधानको समीक्षा गरी संशोधनतर्फ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए।