arrow

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
kaligandaki-corider-road.jpg

गलकोट । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार, बागलुङ नगरपालिका–१०, दब्ल्याङमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

आज बिहानैदेखि यस खण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा पनि सडक अवरुद्ध भएको छ। प्रहरीले अवरुद्ध सडक खुलाउनका लागि कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरिरहेको जनाएको छ। करिडोरसँगै बलेवा-कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ