arrow

१५ खर्ब २७ अर्ब पुग्यो नेपालको व्यापार घाटा

निर्यातमा भने उत्साहजनक वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
costum-house.jpg

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो घाटा १ खर्ब रुपैयाँभन्दा बढीले बढेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले १४ खर्ब ४० अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेकोमा २०८१/८२ मा यो ६ प्रतिशतले वृद्धि भई १५ खर्ब २७ अर्ब पुगेको छ। नेपालले विशेषगरी भारत र चीनजस्ता देशहरूसँग ठूलो मात्रामा व्यापार घाटा व्यहोर्दै आएको छ। परनिर्भरता बढ्दै जाँदा नेपालले सियोदेखि सुनसम्म विदेशबाट आयात गर्दै आएको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले कुल २० खर्ब ८ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। भन्सार विभागका अनुसार यस अवधिमा १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको हो।

यद्यपि, यस वर्ष निर्यात वृद्धिले भने रेकर्ड तोडेको छ। २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ। यो निर्यात अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ८१.८० प्रतिशतले बढी हो, जतिबेला १ खर्ब ५२ अर्ब रुपैयाँको मात्रै वस्तु निर्यात भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ