arrow

साफ यू–२० महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल बंगलादेशसँग भिड्दै, गोल अन्तर निर्णायक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
nep-sri-u20-women.jpg
तस्बिर फाइल

काठमाडौं। साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि आज (सोमबार) नेपाली यू–२० महिला फुटबल टोली तुलनात्मक रूपमा शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल ढाकास्थित बसुन्धरा किंग्स एरेनामा नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ।

हालसम्मको प्रदर्शनमा बंगलादेशले सबै ५ खेलमा जित हासिल गर्दै १५ अंकसहित शीर्ष स्थानमा रहेको छ। नेपालले भने ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ। राउन्ड रोबिन लिगको अन्तिम खेल भए पनि, नेपालका लागि यो खेल अघोषित फाइनलजस्तै हुनेछ, किनभने उपाधि जित्नका लागि बंगलादेशलाई हराउनु अनिवार्य छ।

यदि नेपालले आजको खेल जितेमा अंक बराबरी हुनेछ, र यस्तो अवस्थामा च्याम्पियन बन्नका लागि गोल अन्तर निर्णायक हुनेछ।

प्रतियोगितामा हालसम्म ५ खेलमा नेपालले कुल ३० गोल गरेको छ, जबकि बंगलादेशले २४ गोल मात्रै गरेको छ। दुवै टोलीले समान ४ गोल व्यहोरेका छन्। यसले नेपाललाई कुल गोल अन्तरमा अग्रता दिएको देखिन्छ।

यद्यपि, 'हेड टु हेड' रेकर्डमा भने बंगलादेश पहिलो खेलमा ३–२ ले विजयी भएकाले नेपालभन्दा एक गोलले अगाडि छ। आजको खेलमा जित्नै पर्ने दबाबका बीच नेपाली महिला फुटबलरहरू मैदानमा उत्रँदैछन्। यो खेल नेपाली महिला फुटबल टोलीका लागि उपाधि जित्ने महत्त्वपूर्ण अवसर हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ