विद्या पुगिन् एमाले मुख्यालयमा: सक्रिय राजनीतिमा फर्कनेबारे केपीसँग भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
775
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को मुख्यालय पुगेकी छिन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि भण्डारी च्यासल पुगेकी हुन्।
एमालेमा सक्रिय राजनीतिमा आउनका लागि पार्टी सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भण्डारीको सचिवालयका अनुसार, ओली र भण्डारीबीच एमालेमा सक्रिय हुनेबारे कुराकानी हुनेछ।
सोमबार बस्ने पोलिटब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउनेबारे आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए।