प्रधानमन्त्री ओलीको देशवासीलाई आग्रह: अत्यावश्यकबाहेक यात्रा नगर्नु, सुरक्षित रहनु
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
493
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्त देशवासीलाई अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्। उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन पनि आह्वान गरेका हुन्।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेपछि प्रधानमन्त्रीले यो आग्रह गरेका हुन्। विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सचेत रहन अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, "शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।"