जीवन शाहीको सपना र हिल्सा–सिमकोट हुँदै कर्णाली करिडोरले बोलेको इतिहास
जनकबहादुर शाही,
प्रकाशित २०८२ साउन ३ शनिबार
5.2k
Shares
कर्णाली प्रदेशको सबैभन्दा विकट मानिएको हुम्ला जिल्लामा आज गाडी गुड्छ भन्ने कुरा कुनै समय हावादारी ठानिन्थ्यो तर जीवनबहादुर शाहीले देखेको सपना हिल्सा–सिमकोट हुँदै कर्णाली करिडोर सडक निर्माण भएर सडक चालु भएपछि त्यो सपना अब इतिहास बनेर बोल्न थालेको छ।
वि.सं. २०५५ सालमा तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति रहेका शाहीले जिल्ला परिषद् बैठकमा पहिलोपटक हिल्सादेखि सिमकोटसम्म मोटरबाटो र कवाडी सल्लिसल्ला गेरेटोबाटो खोल्न प्रस्ताव राखेका थिए। त्यो बेला उनको सोचलाई धेरैले असम्भव माने।
यहाँ त गोडा लगाएर पनि जान मुस्किल छ, गाडी कसरी गुड्छ?” भन्ने प्रश्न सामान्य थियो तर शाही अडिग रहे। सधैं बोक्स्यौं भएर जिउनु हुँदैन भन्ने सोच बोकेका उनले हिल्सा नाकाबाट व्यापार बढाउन सडकलाई पूर्वाधारको रूपमा हेरे। भौगोलिक चुनौती, राज्यको उपेक्षा र आर्थिक अभावबीच पनि उनले विभिन्न तहमा दबाबमूलक पहल जारी राखेका कारण सडक सपना बन्यो, अनि यथार्थमा बदलियो विकास’को अर्थ बुझाएको पाइला ।
विकास भनेको इँटा, सिमेन्ट र डोजर मात्र विकास होइन । विकास भनेको आँट हो, सपना हो, लगाव हो, विकास भनेको त्यो बीउ हो, जुन छातीमा रोपिन्छ, आँखाबाट सिँचाइ गरिन्छ र पाइलाले गोडिन्छ । हिल्सा–सिमकोट सडक हुम्लाको यस्तो बाटो हो जहाँबाट हुम्लीबासीको जीवनको गति शुरु भएको छ।र, त्यो गति शुरू गर्ने इन्जिन थिए—जीवनबहादुर शाही । उनको नेतृत्व, आँट र दूरदृष्टिका कारण आज हुम्लाको मुटुमा मोटर गुडिरहेको छ।
शाहीले शुरूमा अगाडि सारेको प्रस्ताव पछि कर्णाली करिडोरको अवधारणा बनेपछि साकार बन्न थाल्यो। नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने बाँकेको जमुनाह देखि हुम्लाको हिल्सासम्मको सडकले उक्त सपनालाई साकार पार्न कर्णाली करिडेरका नाममा सडक निर्माण कार्यले गति लिएपछि हुम्लाको भौगोलिक बिकट्ता, समाजिक रुपमा पिछडिएको अवस्था र विकासको लहरबाट छुटिएको अनुभूति यी सबै समेटिएको एउटा सपनाको बीजारोपण भयो, जुन सपना सायद धेरैका लागि असम्भव थियो । तर केही आँखा त्यस्ता पनि थिए, जसले त्यो असम्भव सपना देखे। अनि केही पाइला त्यस्ता थिए, जसले त्यो सपना हिउँ, पहाड र भीरपाखा छिचोल्दै बाटोमा बदलिदिए ।
अहिले शाहीकै त्यो सपनालाई पुरा गर्न सडक विभाग, नेपाली सेना, स्थानीय सरकार र जनसहभागितामा यो सडक सञ्चालनमा आएपछि हुम्लाको सामाजिक–आर्थिक रुपान्तरणको ढोका खुलेको छ । खाद्यान्न ढुवानीदेखि स्वास्थ्य सेवा, शिक्षा, व्यापार र पर्यटन प्रवर्द्धनमा यसको प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ। सडक निर्माणसँगै हिल्सा नाका हुँदै चीनसँगको व्यापारिक सम्बन्ध विस्तार हुने र सिमकोटलाई क्षेत्रीय व्यापारिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य पनि राखिएको छ ।
सडक भनेको बाटो मात्र होइन, जनताको सम्भावना जोड्ने सेतु हो। हामीले देखेको सपना अब पुस्ता पुस्ताले उपयोग गर्ने कर्णाली प्रदेशका पुर्ब मुख्यमन्त्री समेत रहेका कर्णाली प्रदेश सभा सदस्य शाहीले बताए ।
इतिहासले नाम लेख्यो
आज हुम्लाको एक गाउँदेखि सदरमुकाम सिमकोट हुँदै हिल्सासम्म सवारी पुग्दा, ती गोरेटोमा सपना बोकेर हिंडेका जीवनबहादुर शाही र उनका सहकर्मीहरूको त्याग बलिदान ईतिहासका पानामा सुनौलो अक्षरले लिपिबद्ध गर्ने समय आएको छ । आज उनकै दृढ इच्छाशक्ति, पहल र दीर्घदृष्टिका कारण हिल्सा–सिमकोट सडक केवल सडक नभएर, कर्णालीको गौरव, आत्मनिर्भरता र समृद्धिको प्रतीक बन्न थालेको छ । सिमानामा रहेको हिल्सा नाकादेखि हुम्लाको सदरमुकाम सिमकोट जोड्ने करिब ९५ किलोमिटर लामो मोटरबाटो ९५ किलोमिटरमा मात्र सिमित नभएर अब हुम्ला बाहिरी संसारसँग जोडिने सम्भावना ढोका बनेको छ ।
सडक निर्माणको प्रारम्भिक परिकल्पना वि.सं. २०५५ सालमा तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति जीवन बहादुर शाहीले प्रस्ताव गरेका थिए। सधैं पैदल यात्रा गर्नुपर्ने, भारिया र घोडाको भरमा जिन्दगी धान्नुपर्ने हुम्लीबासीको जनजीवनलाई परिवर्तन गर्ने सोचसहित उनले उक्त प्रस्ताव अघि सारेका थिए। तर त्यो समय यस्तो थियो, जब सडक निर्माणको कुरा सुन्दा स्थानीयले हाँसो ठट्टा गर्थे। भौगोलिक विकटता, हिमाली वातावरण र प्रविधिको अभावबीच हिल्सा–सिमकोट सडक सपना जस्तै लाग्थ्यो।
धेरै वर्षसम्म त्यो प्रस्ताव सरकारी फाइल र दस्तावेजमै सीमित रह्यो। यद्यपि २०६५ सालपछिको समयमा हिल्सा–जमुनाह जोड्ने कर्णाली करिडोरको अवधारणा अघि आएपछि हिल्सा–सिमकोट सडक योजनाले गति लिएको हो। सडक विभागको प्राविधिक सहयोग र स्थानीय तहको सक्रियतासँगै अहिले उक्त सडक खण्डमा सवारी सञ्चालनमा आएका छन । सडक निर्माणसँगै सिमकोटबाट हिल्सा जोडिनुले व्यापार, पर्यटन र स्थानीय आवागमनमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ। साथै, नेपाल–चीन सीमावर्ती व्यापार विस्तार गर्न यो सडक आधार बन्ने सरकारी अधिकारीहरूको विश्वास छ ।
हुम्लामा सडक निर्माणको पछाडि विगत दुई दशकभन्दा बढी समयदेखि संघर्षरत रहेका शाही २०७० मा संबिधान सभा सदस्यमा निर्बाचित भएसंगै कछुवा गतिमा निर्माणाधिन कर्णाली करिडोरको खुलालु सल्लीसल्ला खण्डको १२२.७५ किलोमिटर सडक जीवनबहादुर शाहीको पहलमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमेलेन्द्र निधिले मन्त्रीस्तरिय निर्णय गरि सडक निर्माणको जिम्मा नेपालि सेनालाई दिएपछि कर्णाली प्रदेशको सबैभन्दा विकट मानिएको हुम्ला जिल्लामा आज गाडी गुड्नुका साथै गोरेटोबाट शुरू भएको सपना: हिल्सा–सिमकोट हुँदै कर्णाली करिडोर सडक अहिले हुम्लासंगै सङ्गो कर्णालीको बिकास र समृद्धिको ढोका बनेको छ ।
आज यो सडक बनिरहेको देख्दा हाम्रो पुस्ताले भोगेको पीडा अब दोहोरिने छैन। सपना देख्न डराउनु हुँदैन भन्ने प्रमाण हिल्सा–सिमकोट सडक आगामी केही वर्षभित्र पूर्णरूपमा कालोपत्रे हुने लक्ष्य छ। यो सडकले अब हुम्लाको विकासको गति थप तीव्र बनाउने विश्वास स्थानीयवासीले गरेका छन्।
सडकले ल्याएको आशा
यो सडक सञ्चालनमा आएपछि हुम्लाको सामाजिक–आर्थिक रुपान्तरणको ढोका खुलेको छ। खाद्यान्न ढुवानीदेखि स्वास्थ्य सेवा, शिक्षा, व्यापार र पर्यटन प्रवर्द्धनमा यसको प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ । सडक निर्माणसँगै हिल्सा नाका हुँदै चीनसँगको व्यापारिक सम्बन्ध विस्तार हुने र सिमकोटलाई क्षेत्रीय व्यापारिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य पनि राखिएको नेता शाहीले बताए । सडक भनेको बाटो मात्र होइन, जनताको सम्भावना जोड्ने सेतु हो । आज हुम्लाको एक गाउँदेखि सिमकोटहुदै हिल्सासम्म सवारी पुग्दा, ती गोरेटोमा सपना बोकेर हिंडेका शाहीको त्याग सम्झन नछुटाउने समय आएको छ।
उनकै दृढ इच्छाशक्ति, पहल र दीर्घदृष्टिका कारण हिल्सा–सिमकोट सडक केवल सडक नभएर, कर्णालीको गौरव, आत्मनिर्भरता र समृद्धिको प्रतीक बन्न थालेको छ । हुम्लाको भौगोलिक दुर्गमता, समाजिक पिछडिएको अवस्था र विकासको लहरबाट छुटिएको अनुभुति यी सबै समेटिएको एउटा सपनाको बीजारोपण भयो, जुन सपना सायद धेरैका लागि असम्भव थियो ।
जब सडक भनिँदा हाँसो उठ्थ्यो..
कुनै दिन यस्तो पनि थियो जब सडकको बाटो भएर सिमकोटदेखि हिल्सा पुग्ने कुरा हावादारी लाग्थ्यो । यहाँ गाडी गुड्छ र ? भन्ने प्रश्नले गाउँगाउँमा मजाक उडाउँथ्यो । सडकको कल्पना गर्नेहरूलाई हावाले नै झटारो दिन्थ्यो । कहिले हिमपात, कहिले पहिरो, कहिले चट्टान जस्ता चुनौतीलाई अवसर बनाउँदै जीवन शाहीले आँट गरे। आँट मात्रै गरेनन् । एउटा साहसी पाइला चाले ।
त्यो साहसी पाइलामा मान्छेको सहयोगको कुरा त परै जावस हावा नै झटारो दिन्थ्यो । पहाडका पाइला र महसुस सिमकोटदेखि हिल्सा पुग्ने रोड कल्पना गर्दा धेरैले त्यसलाई हावादारी ठान्थे हुम्लामा त्यसताका । उच्च भूगोल साहसी पाइला, हिमपात र पहिरोले सिर्जना गरेको भौगोलिक बाधाले मोटरबाटो बन्ने कुरामा त्यसबेला कसैलाई विश्वास थिएन।
हुम्लाको हिउँद मौसम, विशेषगरी पुसदेखि वैशाखसम्म हुने हिमपात र लगातार कहिले पहिरो, कहिले चट्टान झर्ने घटना हावा नै झटारो दिएको जस्तो प्रभाव दिन्थ्यो, जसले बाटो खुल्ला रहने सम्भावनालाई निरन्तर चुनौती दिइरहन्थ्यो ।
साहसी पाइला र दृढताले हुम्लाको भाग्य बद्लियो
यस्तै चुनौतीपूर्ण कठिनाइहरूबीच, जीवन शाहीले गोरेटो खनेर, बाटोमा मोटर गाडी गुड्ने सडक पुर्याउने साहस जुटाए। उनकै नेतृत्वमा स्थानीय स्तरमा गरिएको त्यो पहल, केवल योजना मात्र नभई एक पुस्ताको अटले साहस र आशाको प्रतिनिधित्व बन्यो।
बाटोमा लगातार झर्ने हिमपात र ढुङ्गा झरना बाधा बने तापनि, सडक निर्माण टोली, अत्यधिक जोखिम लिन तयार स्थानीयहरूको मद्दतमा हाल सिमकोट–हिल्सा सडक खण्डमा ग्राभेल बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ, र रोलर प्रयोग गरेर सडकको स्वरूप परिवर्तित भइरहेको छ । ९५ किलोमिटर दूरीमा ८ मिटर चौडाइको सडकलाई ठोस बनाउने अन्तिम चरणमा पुगेकाले अब गाडीबाट यात्रु र मलसामान हिल्सा–सिमकोट बीच चार दिनको पैदल यात्रालाई झण्डै ६ घण्टामा पूरा गर्ने सम्भावना प्रदान गर्दैछ।
केवल भौगोलिक दूरी मात्र होइन संदेह र अविश्वासले बनाएको दूरीलाई पनि जीवन शाहीको साहसले घटाएको भनिरहनुपर्ला। हावा नै झटारो दिन्थ्यो” भन्ने कथनले त्यस पुरानो बाधालाई चित्रण गर्छ । आजको ग्राभेल सडक त्यो बाधा भौगोलिक र मानसिक दूरीको प्रतीक र जीवन शाहीको साहसी पाइला र दृढताले हुम्लाको भाग्य बदलिएको हो ।
९५ किलोमिटरको भरोसा
हिल्सा–सिमकोट सडकको ९५ किलोमिटरको दूरी केवल मापनको कुरा होइन। त्यो दूरी हुम्लाको सपना र केन्द्रसँगको दूरी थियो । त्यो दूरी विकास र दुर्गमताको बीचको खाडल थियो। जीवन शाहीले त्यस खाडलमा भरोसा पुल हालिदिए गोरेटो खनेर, बाटो बनाउदा भौगोलिक बनावट, संचारविहीनता, आर्थिक स्रोतको कमीजस्ता बिभिन्न कठिनाइका बीच, हिल्सा–सिमकोट सडक कवाडी र सरिसल्लाको गोरेटो बाटोमा मोटर गाडी गुडाउन सकिने बनाउने सोच, त्यो केवल विकास योजनाको पाना थिएन। त्यो एक पीढीको सपना थियो ।
२७ वर्ष अघि शुरू भएको नेपालराज्यसंग सिमकोट जोड्ने सपना सम्भब नहुने भए पछि उत्तरबाट सिमकोट जोड्ने उद्देश्यले सिमकोट–हिल्सा सडकको अबधारणा अघि सारिएको हो । लामो समयपछि अब सिमकोटबाट केन्द्रको दूरीलाई जोड्ने सपना यथार्थमा परिणत भएको छ ।
सिमकोट–हिल्सा सडक अब राष्ट्रिय सञ्जालसँग जोडिएको छ, जसमा गतिविधिहरू तीव्र यस उपलब्धिलाई ऐतिहासिक भने दुर्गम भौगोलिक बाधा – हिमालको कठोर भूगोल, संचार सुविधा अभाव र आर्थिक स्रोतको न्यूनताले गर्दा पक्कै मोटरगाडी गुडाउन सक्षम सडक खण्ड बन्न चुनौतीपूर्ण थियो। तर, पछिल्लो समय नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन सिमितका सदस्य समेत रहेका नेता जीवन शाहीले गोरेटो खनेर बाटो बनाएर मोटर गाडी गुडाउन सकिने बनाउने सपना पुरा गर्न तिनै तहका सरकारले योगदान दिदा यो कार्य सम्भब भएको हो । यो कुनै सामान्य विकास योजना मात्र थिएन, हुम्लामा एक पुस्ताको सङ्घर्ष र उत्साह थियो ।
सडक निर्माणकार्य सम्पन्न भई हुम्ला राष्ट्रिय सञ्जालसँग जोडिएपछि अहिले ट्रक, टिपर र बोलेरोजस्ता सवारी साधनले माल–यातायात गर्न थालेका छन्। जसले हवाई ढुवानीको उच्च लागत घटाउँदै स्थानीय व्यवसायी र उपभोक्तालाई लाभ पुगेको छ । अन्तर्राष्ट्रिय कनेक्टिविटीको नयाँ दिशा यस सडकमार्गले नेपाल–चीन सीमामा रहेको हिल्सा हुँदै तिब्बतसँग प्रत्यक्ष जोडेको छ । यसले नेपाललाई चीनसँग मात्र नभई भारत–चीन–नेपाल त्रिदेशीय व्यापार र यातायात सम्भावनामा नयाँ ढोका खोलेको छ ।
जीवन शाहीले भौगोलिक दुर्गमताको साथ–साथै आर्थिक र संचार अभावका कारण बाधित गोरेटो बाटोलाई मोटर बाटोमा परिणत गरि सडक पुर्याउने विचारलाई मोड्न सफल भएको यो पहल, केवल सडक मात्र हैन—यो एक पीढीको विशिष्ठ संघर्ष र दृढ संकल्पको सुन्दर कथा हो।
हुम्लाबासीको जीवन खोल्ने र समृद्धि ल्याउने सङ्कल्प पूरा भएको छ । यो कामले हुम्ला–सिमकोट सडकलाई मापन योग्य बनाएको छ, तर त्यसभन्दा पनि यसको वास्तविक सफलतासँगै स्थानीयबासीको आत्मबल, आत्मशक्ति र भविश्यमा आशाको सडक मात्र नभई यसले हुम्ला जस्तो दुर्गम पहाडी जिल्ला–सडकको माध्यमबाट मुलुकको अर्थतन्त्र, व्यापार र सामाजिक जीवनमा समृद्धिको आरम्भ गरेको छ। विकासले मात्र दूरी घटाउँदैन त्यो महसुस गर्ने पुल पनि स्थापित गर्छ।
सडक मात्र होइन, सन्देश पनि
यो सडक केवल गाडी गुड्ने बाटो बनेन । यो बनेको छ हुम्लाको परिवर्तनको प्रतीक । गाउँगाउँमा जीवनस्तर उकास्न थालेको छ । व्यापारिक सम्भावनाको ढोका खोलेको छ । चीनको सिमाना हुँदै अन्तरदेशीय सम्बन्ध विस्तारको आधार बनेको छ । पर्यटन, कृषि र रोजगार यी तीन आधारमा अब हुम्लाको गति फराकिलो हुँदैछ । तर त्यो सम्भव भएको छ, किनकि कसैले कहिल्यै नबुझिएको ठाउँमा 'सपना देख्न सक्छु' भनेका थिए जीवन शाहीले । उनको नेतृत्व, आँट र दूरदृष्टिका कारण आज हुम्लामा मोटर गुडिरहेको छ।
विकासको अर्थ बुझाएको पाइला
हुम्लाले ‘विकास’ भनेको के हो भन्ने देखाएको छ।ईटा, सिमेन्ट र डोजर मात्र विकास होइन। विकास भनेको आँट हो। सपना हो। लगाव हो।विकास भनेको त्यो बीउ हो, जुन छातीमा रोपिन्छ, आँखाबाट सिँचाइ गरिन्छ र पाइलाले गोडिन्छ।हिल्सा–सिमकोट सडक हुम्लाको यस्तो बाटो हो—जहाँ जीवनको गति शुरु भएको छ।र, त्यो गति शुरू गर्ने इन्जिन थिए—जीवन शाही।उनको नेतृत्व, आँट र दूरदृष्टिका कारण आज हुम्लाको मुटुमा मोटर गुडिरहेको छ।
इतिहासले बिर्सन नहुने गोरेटो
आज जब हामी सिमकोटमा बसेर हिल्सासम्म गाडी गुडेको देख्छौं, त्यो आँखालाई सहज लाग्न सक्छ। तर त्यस आँखाले सम्झनुपर्छ—त्यो गोरेटो कसको सपना थियो ? कसको साहस थियो ?
जीवन शाहीले शुरू गरेको त्यो बाटो आज हजारौं जीवनको बाटो बनेको छ।त्यसैले हामी भन्न सक्छौं ।हुम्लाको इतिहास गोरेटोबाट शुरू भएको हो। र त्यो गोरेटो बनेको थियो,जीवन शाहीको सपना, साहस र समर्पणबाट।
हिल्सा–सिमकोट सडक केवल बाटो मात्रै होइन—यो हुम्लाका सपना, संघर्ष र सम्भावनाको पुल हो। जीवन बहादुर शाहीको पहलकदमी र स्थानीय, राष्ट्रिय संयोजनले यो अप्रत्याशित सम्भवतालाई यथार्थमा बदलिदियो। भविष्यमा हिल्सा—सिमकोट मार्गलाई राष्ट्रिय गौरवको अमूल्य सम्पत्ति र दुर्गम विकासको प्रतिमान बनाई देशभर देखाउने समय अब टाढा छैन।
सडकमात्र हैन, सपना खुलेको छ
सडकले यहाँको जीवनशैली मात्र बदल्दैन, सोच पनि बदलिदिएको छ। अब हुम्लाका युवाले विदेशको सपना होइन—आफ्नै गाउँमा केही गर्ने सपना देख्न थालेका छन्। नाम्खाको नारा लेखबाट चीन हेरेर टाढाको संसार झुल्किँदा, अब त्यो संसारसम्म गाडी चढेर पुग्न सकिनेछ।
हिल्सा–सिमकोट सडक कुनै एउटा सरकारी आयोजनामात्र होइन—यो हुम्लाबासीको सपना हो, संघर्षको गाथा हो । जीवनबहादुर शाहीजस्ता अगुवाहरूले देखेको सपना अब हरेक हुम्लीको सडक बनिसकेको छ।
हिमालको काखमा उभिएको हुम्ला जहाँ सडकको नाम लिँदा कहिल्यै डक नपुग्ने विश्वास थियो । हिउँ, ढुंगा, नदी र भीरबीच हजारौं पाइला टेक्दै चार–पाँच दिनको पैदल यात्रामा मान्छेहरू गाउँबाट सदरमुकाम सिमकोट आउँथे। हिल्साको नाका–जहाँ चीनको व्यापारिक ढोका खुल्छ, तर सडक थिएन। यहाँका बासिन्दा कहिले सडक हेर्ने? हिले गाडी चढ्ने? सपना सिमकोट राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडियो संगै पुरा भएको छ । आज त्यो युग अन्त्य भएको छ।
जीवन शाहीको दृष्टिकोण, आजको उपलब्धि
सडक केवल यातायात होइन, यो विकासको मेरुदण्ड हो, जीवन शाही भन्थे । आज हिल्सा–सिमकोट हुँदै कर्णाली करिडोर सडकले त्यस भनाइलाई प्रमाणित गरेको छ । देशको सबैभन्दा दुर्गम जिल्ला हुम्ला आज व्यापार, पर्यटन र रोजगारीको नयाँ मुहान बनिरहेको छ ।
कर्णाली करिडोर सडक केवल डोजरले काटिएको ट्र्याक होइन, यो सपना, संघर्ष र सामूहिक लगानीको फसल हो । यो बाटोले हुम्लालाई मात्र हैन, सिंगो कर्णालीलाई राजधानी, चीन र भारतसँग जोड्ने द्वार खोलेको छ । जीवन शाहीले गोरेटोबाट शुरू गरेको यात्राले आज हुम्लालाई आधुनिकतासँग जोडेको छ ।