arrow

एमाले बैठक शनिबार बस्ने गरी सकियो, आठ सदस्यले लिए भाग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
uml-politbureau-82-4-2.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्युरो बैठक शनिबार बस्ने गरी सकिएको छ । बैठक शनिबार बिहान ११ बजे बस्ने गरी सकिएको हो ।  

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 
  
विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो । 

 पोलिटब्युरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । 

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ