arrow

एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
uml-sachibalaya-01-01.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार राति सम्पन्न सचिवालय बैठकबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय भएको छ।

पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज (शुक्रबार) बस्ने पोलिटब्युरो बैठकमा पेस गरिनेछ र त्यसपछि उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने ज्ञवालीले बताए। बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ। पोलिटब्युरो बैठक शुक्रबार बिहान ११:०० बजे बस्ने कार्यसूची छ।

पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा साधारण सदस्य र अर्को सङ्गठित सदस्य भएको बताए।

यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्नेछ। आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ