arrow

देशभर बदली: केही प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य क्षेत्रका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना देखिएको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा अन्य भू-भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उच्च-पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ