arrow

एमाले विधान राष्ट्रिय महाधिवेशनको तयारी तीव्र: भदौ ५ भित्र विधान संशोधन टुङ्ग्याइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
uml-logo-11-09.jpg

काठमाडौँ। नेकपा (एमाले) ले आगामी भदौ २१, २२ र २३ गतेका लागि तय गरिएको विधान राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान संशोधनसहित महाधिवेशनमा पेस गरिने संगठनात्मक र राजनीतिक प्रतिवेदनबारे छलफल भइरहेको छ।

बैठककै क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले विधान महाधिवेशनका लागि विधान संशोधन, संगठनात्मक प्रस्ताव र राजनीतिक प्रतिवेदन लगायतका विषयहरूमा छलफल भइरहेको बताए। उनले विधान महाधिवेशनले पार्टीको केन्द्रीय संरचना र पदाधिकारी चयनको ढाँचा टुङ्गो लगाउने भएकाले सुझाव सङ्कलन लगायतका कामहरू भइरहेको जानकारी दिए।

भट्टराईका अनुसार, विधान संशोधन सम्बन्धी छलफल अहिले सचिवालयमा चलिरहेको छ र पार्टीको लक्ष्य आगामी भदौ ५ गतेभित्र संशोधन प्रस्तावमा निष्कर्षमा पुग्ने रहेको छ।

उनले भने, "आजको बैठक मूलतः भदौ २१, २२ र २३ गते हुने विधान राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजना भएको हो। महाधिवेशनमा हामीले विधान संशोधनको प्रस्तावहरू लानुपर्छ। पार्टीको संगठनात्मक प्रस्ताव र राजनीतिक प्रतिवेदनहरू लानुपर्छ र पार्टीका केन्द्रीय निकायहरूको पनि प्रतिवेदन जान्छ। र विधान महाधिवेशनले पास गरेको संगठनात्मक प्रस्ताव वा विधानअनुसार राष्ट्रिय महाधिवेशन हुने हो।"

"त्यसमा समिति कति सदस्यीय हुन्छ? पदाधिकारी कसरी चयन हुन्छन्? भन्ने कुराको टुङ्गो विधान महाधिवेशनले लगाउने हो," भट्टराईले थपे, "आजको बैठकमा हामी विधानको प्रस्तावित संशोधनमाथि छलफल गरिरहेका छौँ। महासचिव संगठनात्मक प्रस्ताव र अध्यक्षज्यूले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुन्छ। आज सकिएन भने पोलिटब्यूरोमा पनि छलफल गरेर सुझावका आधारमा सचिवालय बैठकमा छलफल गर्छौं। हामी भदौ ५ गतेभित्र विधान संशोधनका प्रस्तावहरू बारे निष्कर्षमा पुग्छौं। विधान महाधिवेशनको तयारीका बारेमा छलफल भइरहेको छ।"

पार्टी उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको पनि सचिव भट्टराईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ