जीवन र जीविकोपार्जनका लागि सङ्घर्षमा गाजाका माझीहरू
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
1.2k
Shares
काठमाडौँ । प्यालेस्टिनी माझी सलीम अबु रायलाले गाजाको तटवर्ती क्षेत्रमा माछा मार्ने काममा तीन दशकभन्दा बढी समय बिताएका छन्।
गाजा शहरको पश्चिममा अवस्थित अल–शाती शरणार्थी शिविरका शरणार्थी अबु रायलाका लागि अक्टोबर २०२३ मा गाजापट्टी विरुद्ध इजरायली युद्ध सुरु भएदेखि समुन्द्र खतरा र निराशाको ठाउँमा परिणत भएको छ।
गाजाको माछा मार्ने पहुँचमा कडा इजरायली प्रतिबन्धहरूका कारण स्थानीय माझीहरूले गोलीबारी, उत्पीडन र गिरफ्तारीको निरन्तर धम्की सामना गरिरहेका छन्।
उनीहरूको गुनासो छ कि माछा मार्ने कामले अब मृत्यु र रगत मात्र ल्याउने गरेको छ। यद्यपि, यो नै उनीहरूको जीविकोपार्जनको एक मात्र माध्यम भएकाले उनीहरू यसलाई त्याग्न नसक्ने बताउँछन्।